गाउँपालिकाद्वारा अनुदानमा सोलार वितरण

४ बर्ष अगाडि

जिल्लाको नरहरिनाथ गाउँपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा सोलार वितरण गरेको छ । 

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको समन्वय र आंशिक अनुदानमा ५० देखि ५५ वाटका चार हजार ७९५ घरधुरीलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 
 

गाउँपालिकामा विद्युतीकरण नभएपछि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा १६ हजार पर्ने सोलारमा ११ हजार अनुदान दिइएको गाउँपालिकाले जनाएको छ । 

पहिलो चरणमा झण्डै दुई हजार ७४७ सोलार वितरण गरेको गाउँपालिकाले र दोस्रो चरणमा सबै घरधुरीलाई सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले बताए । 


“हाम्रो गाउँमा विद्युतीकरण भएको छैन”, उनले भने, “अँध्यारोमा बस्दै आएकालाई केही सहन हुनेछ ।” वैकल्पिक ऊर्जाको १० हजार अनुदान र गाउँपालिकाको एक हजार अनुदानमा स्वंयम् व्यक्तिको चार हजार लिएर ५० देखि ५५ वाटका सोलार वितरण भइरहेको गाउँपालिका उपाध्यक्ष बुढाले बताए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया