अमेरिका लुकेको आरोप लागेकी उपमेयर भन्छिन्, ‘ओरालो लागेको मृगलाई सबैले खेदे’

४ बर्ष अगाडि

काठमाडौं – अमेरिका गएर उत्तै लुकेको आरोप लगाएपछि र त्यस सम्बन्धी मिडियामा समाचार पनि आएपछि तिलागुफा नगरपालिकका उपमेयर दन्त नेपालीले सम्पर्कमा आएकी छिन् । उनले आज फेसबुकमा स्टाटस लेख्दै आफु अमेरिकामा नहराएको, नलुकेको बताइएकी छिन् । 

बिरामी भएर अमेरिका बस्नु परकोे उनको भनाइ छ । अमेरिका आउँदा मेयर रतन शाहीलाई जानकारी दिएर भ्रमण स्वीकृत गराई आएको उनले फेसबुक मार्फत जानकारी दिएकी छन् । 

अमेरीका बाट पटक पटक फोन गर्दा मेयरको फोन नउठेको उनको दावी छ । कार्यलयका  प्रमुख प्रशासकिय अधिकृत उद्धव रिजाल, वडा अध्यक्ष लगायतका अधिकारीसँग कुरा भएपनि कतैबाट केही प्रतिक्रिया नआएको उनले बताइएकी छिन् । 

उनले फेसबुकमा लेखेकी छन्, ‘अहिले म राम्रोसँग बोल्न पनि सक्दिन, अलि अलि चल्न सक्ने भएको छु । यसको सबै उपचार भारत कि डा . अञ्जीर कुमारले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै ५ महिना समय लाग्छ भनेको छ ।’

उपचारमा नगर पालिकाले सहयोग पनि नगरेको उनकाे भनाइ छ । उनी नगरपालिका महासंघबाट एक औपचारिक कार्यक्रममा अमेरिका गएकी थिइन ।

Image may contain: one or more people, people standing, sky, child, tree, shoes and outdoor

उप मेयर दन्त नेपाली

यस्तो छ उनको फेसबुक स्टाटस  (जस्ताको त्यस्तै)

यस्तो छ उनको फेसबुक स्टाटस (जस्ताको तस्तै)
सम्पुर्ण सुभचिन्तक हरुमा नमस्कार !
म आराम छैन ।तपाईहरु आराम हुनुहुन्छ भन्ने बिश्वास छ ओरालो लागेको मृगलाई सबैले खेद्छ्न भन्थे हो रहेछ आज आएर बुझ्दै छु ।
१. म हरायको पनि छैन  ।
२. म कतै लुकेको पनि छैन  ।
३.म मेयर  Ratan Shahi शाही लाई जानकारी नदिएर पनि आएको होइन ,उहाँले नै भ्रमण स्वीकृत गरेर आएको हो ।
५. अमेरीकाबाट बार बार फोन गर्दा कायालयमा सम्पर्क भएन, मेयर लाई गर्दा उहाँको फोन कहिले पनि उठेन र प्रमुख प्रशासकीय अधिकृत Uddhav Rijal जी संग पनि कुरो भएको हो  । वडा अध्यक्षहरु ग  पनि कुरो भएको हो । कतै बाट केहि प्रतिक्रिया आयन  । #सहयोग त झन कुरै भएन #
६.अमेरिका आउँदाको  plane ticket पनि नगरले पैसा हालेको नभएर मैले पनि बार बार माग्ने जस्तो कति चोटि कल गर्नु।
७.मेयर लाई मेरो के मतलब र  ? याद हुने कुरो पनि भएन र बार बार भिख मागिन ।
८. मैले सोँचे , म बरु मर्छु तर सरकारी पैसामा उपचार गर्दिन, माग्दिन पनि  । किन मलाई मेरो plane ticket को पैसा त मेरो दाजुहरु  Parbat Jee नेपाली र  Kashi Prasad Pandey दाजु , Sunita Pandey भाउजुले हाल्नु भएको हो तेसैले मागिन । तेस पछि मैले सरकारको सुक्का पैसा पनि मलाई चाहियन कसैले दिय पनि भनेको हो ।
९. अहिले म राम्रोसँग बोल्न पनि सक्दिन अलि अलि चल्न सक्ने भएको छु यसकाे सबै उपचार भारतकी डा . अञ्जीर कुमार ले गर्दै हुनुहुन्छ । म पुर्ण रुपमा निको हुन अझै समय लाग्छ ५ महिना भनेको छ ।
#तिलागुफाका जनताहरुको माया ममता म मा सधै छ र  भई राख्ने छ ।
#मैले नगर पालिका संघका महसचिव Bhim Prasad Dhungana जि लाई पनि भनेकै हो बरु उहाँ र हाम्रो  Kalanidhi Devkota कार्यकारी अधिकृत नगर पालिका संघको तर्फबाट सहयोग गरौला भन्दै हुनुहुन्थ्यो मलाई सरकारी पैसाको उपचार नगराउने भनेर चाहिदैन पर्दैन भने  ।
#मान्छेको शरीर न हो कहिले कहाँ के हुन्छ कसैलाई पत्तै नहुने रहेछ । #जसरी भए पनि बाच्नै पर्ने देशमा रोगी नेता ले सबै पैसा सिध्याए पनि हामीले नै भन्ने फेरि म उपचार गर भन्न पनि मेरो नैतिकले दिएन त्यसैले मैले सहयोग मागिन । गल्ती गरेँ माफ पाउँ  ।
#जिन्दगीमा अरु केहि नजाने पनि मान्छे असल मान्छे कमाउन जानेकी छु मैले बस उहाँहरुकै साथ सहयोग भए पुग्छ मलाई  ।
१०. अब मेरो समाचार बनाउँदै पेट पाल्नेहरुलाई मेरो भन्नु केही छैन र मेरो स्वास्थ भन्दा ठुलो केहिीछैन ।
#कृपया मलाई बाँच्न दिनुहोस्  ।
#म बाँचे त अरुको सेवा गर्न सक्छु यदि म नै राम्रो भएन भने ? म दुनियाँ कै शक्तिशाली भए पनि केहि छैन मलाई । अब मेरो बारेका के भन्न मन लाग्छ लेख्न मन लाग्छ आफै भन्नुहोस् के गर्ने हो गर्नुहोस्  ।
मेरो घाउमा नुन खुर्सानी हाल्ने काम कृपया नगरी दिनुहोला म लाई Responsibility बारेमा राम्रोसँग थाहा छ यति कुरा बुझेकी छु जस्तो लाग्छ । ( लेख्न सहयोग : उषा कुमाई ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया