यहाँ ३३ दिनको एक वर्ष हुन्छ !

४ बर्ष अगाडि

 वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीको जस्तै ग्रहको बारेमा पत्ता लगाएका छन् । जहाँ पृथ्वीकै जस्तो जीवन जिउँन सकिन्छ ।

हाम्रो सौर्य मण्डल भन्दा बाहिरको भागमा फेला परेको यो ग्रहमा पानी रहेको बताईएको छ । यो ग्रहको नाम वैज्ञानिकहरुले ‘सुपर अर्थ’ राखेका छन् ।

यो ग्रह पृथ्वीभन्दा लगभग १ सय १० प्रकाश वर्ष टाढा रहेको छ । वैज्ञानिकहरुका अनुसार यसको नाम पृथ्वीभन्दा दुई गुणा ठूलो भएकोले सुपर अर्थ राखिएको हो ।

यो ग्रह पृथ्वी भन्दा दुई तथा मंगल ग्रह भन्दा आठ गुणा ठूलो रहेको छ । वैज्ञानिकहरुले यो नयाँ ग्रहलाई ‘के टु १८ बि’ भन्ने गर्छन् ।

कलेज लण्डन युनिभर्सिटीका वैज्ञानिकका अनुसार यो ग्रहको तापक्रम जीवन व्यतित गर्नका लागि अनुकुल रहेको छ । यो ग्रहले सौर्य मण्डलमा आफ्नो परिक्रमा ३३ दिनमै पुरा गर्छ ।

तर हाम्रो पृथ्वीले सौर्य मण्डल परिक्रमा गर्नका लागि ३ सय ६५ दिन लगाउँछ। त्यसैले वैज्ञानिकहरुले यो ग्रहमा मानिसको जीवनको सम्भावना रहेको बताएका छन् ।

ग्रहमा वाष्प देखिएको कारणले वैज्ञानिकहरुले त्यहाँ चट्टान तथा बर्फ भएको बताएका हुन् ।

एजेन्सीको सहयोगमा
 

४ बर्ष अगाडि

प्रतिक्रिया