बजाज डोमिनारको मूल्य ६० हजार घट्यो

४ बर्ष अगाडि

बजाज कम्पनीले उत्पादन गरेको ‘डोमिनार ४००’ मोटरसाइकलको मूल्य घटेको छ । 

बजाजको नेपालका लागि आधिकारिक वितरक एचएच बजाजले नेपालमै उक्त मोटरसाइकल एसेम्बल गर्न थालेपछि मूल्य घटाएको हो । 

यसअघि ५ लाख ८९ हजार ९ सय रहेको उक्त मोटरसाइकलको मूल्य ६० हजारले घटेर ५ लाख २९ हजार ९ सय कायम भएको एचएच बजाजका अध्यक्ष शेखर गोल्छाले जानकारी दिए।

हाल टेकुस्थित शोरूममा मात्र उपलब्ध ‘डोमिनार ४००’ केही समयपछि अरु शोरूममा पनि उपलब्ध हुने उनले बताए।

भरतमा बनेको भन्दा  नेपालमा बनेको मोटरसाइकलमा भाइब्रेसन घटाइएको छ र एग्जस्ट २ ओटा राखिएको छ । 

कम्पनीका अनुसार ३७३.३ सिसीको डोमिनार ८६५० आरपिएममा ४०पिएस पावर र ७००० आरपिएममा ३५ एनएम टर्क जेनेरेट गर्छ।

यसको इन्धन क्षमता १३ लिटर छ भने २५.५९ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ।

यसमा डुअल च्यानल एबिएस, एलइडी टेल लाइट, स्पिडोमिटर लगायतका फिचर्स छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया