संगीतकार सुरेश अधिकारीले गीत चोरेर विराज भट्टलाई बेचे

४ बर्ष अगाडि

संगीतकार शुरेस अधिकारीले अर्कै रचनाकारको गीत चोरेर विराज भट्टलाई बेचेको फेला परेको छ । 

चलचित्र निर्देशक रहेका सुदीप भुपाल सिंहले लेखेको ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत अधिकारीले चोरेर अभिनेता भट्टले निर्माण गर्न लागेको ‘साङलो’ चलचित्रका लागि बेचेको खुलेको हो ।  

२४ माघबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘साङ्लो’ ले डान्सिङ नम्बरको  रुपमा ‘झ्याम्मै आँखा झ्याम्मै’ बोलको गीत केही दिन पहिले  सार्वजनिक गरेपछि फिल्म ‘रुद्रप्रिया’ का निर्देशक सिंहले आफ्नो गीत ‘साङ्लो’ले चोरेको आरोप सहित महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिएका छन् । 

सुदीपले महानगरीय प्रहरी परिसर टेकुमा संंगीतकार सुरेश अधिकारी, गायक निशान भट्टराई र चलचित्र निर्माण कम्पनी विराज भट्ट प्रोडक्सनको विरुद्ध गीतको मर्मसमेत बिगारेर चोरी गरिएको र आफ्नो नाम पनि नदिइएको आरोपमा जाहेरी दिएका छन् । 

प्रहरीले बोलाएपछि मंलगबार पत्रकार सम्मेलन गर्दै निर्देशक तथा अभिनेता भट्टले आफूले संगीतकार अधिकारीबाट सो गीत किनेको बताएका छन् । 

आफूले अधिकारीलाई लाग्ने रकम तिरेर गीत किनेकोले गीत चोरीको बिषयमा आफ्नो केही दोष नभएको बताएका छन् । ‘साङ्लो फिल्मका लागि राम्रो गीत मलाई चाहिएको थियो । त्यसका लागि सुरेस दाईसँग मागे । दाइले गीत दिनुभयो । मैले गीतका लागि दिनुपर्ने खर्च दिएर लिए ।’ उनले पत्ररका सम्मेलनमा भने ‘सुदीप भुपाल सिंह यो गीतका श्रष्टा हुनुहुन्छ भनेर मलाई सुरेश अधिकारी दाईले पनि भन्नु भएको थिएन । धेरै अगाडि लिएको यो गीत अहिले फिलम रिलिजको संघारमा बिवादमा मुछिँदा निकै दुःख लागेको छ ।’ 

अरुको गीत चोरेर बेच्ने संगीतकार अधिकारीले आफुबाट गल्ती भएको स्वीकार्दै सच्याउन प्रयास भइरहेको बताएका छन् । 

गीतको शब्दमा सुदीपको नाम छुटेको त्यो राखेपछि कुरो मिल्ने बताए । ‘गीतमा उनको र मेरो शब्द छ । गीत बाहिर ल्याउँदा उहाँको नाम छुटेको हो’, उनले भने ‘टेक्निकल गडबढीका कारण विवाद भएको हो, त्यो मिल्छ । त्यसको प्रयास म गर्दैछु ।’

 

४ बर्ष अगाडि

प्रतिक्रिया