१४ करोड ८९ लाख तलब खाने बैंकर: खाना चोरेको आरोपमा निलम्बित

४ बर्ष अगाडि

स्टाफ क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा एक उच्च बैंकरलाई कम्पनीले निलम्बित गरेको छ ।  युरोप, मध्य पूर्व र अफ्रिकाका लागि सिटी ग्रुपको उच्च ब्राण्ड ट्रेडिगको प्रमुखको रुपमा काम गर्ने पारश साहलाई निलम्बन गरिएको हो। 

क्यान्टिनबाट स्यान्डविच चोरी गरेको आरोपमा उनलाई उक्त्त पदबाट हटाइएको हो । ३१ वर्षीय पारस साहको  वार्षिक आम्दानी १४ करोड ८९ लाख १४ हजारभन्दा बढी थियो ।

डेली मेलको रिर्पोट अनुसार, बैंकिङ कम्पनी सिटी ग्रुपले पारस साहविरुद्ध कारवाही गरेको हो । कहिले र कति पटक पारसले क्यान्टिनबाट खाना चोरेको हो भने स्पष्ट भएको छैन । उनलाई कम्पनीबाट निलम्बित गरिएको छ ।

‘मलाई स्यान्डविच धेरै मनपर्छ,’ पारसले भने । उनी यूरोपको सबैभन्दा ठूला क्रेडिट व्यापारीमध्ये एक हुन् । उनी सिटी बैंकका एक वरिष्ठ अधिकारी पनि हुन् । त्यस पदमा रहने अधिकारीले १४ करोडभन्दा बढी तलब लिने गर्छन् । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया