दक्षिण एसियाभरका मोटरगाडी व्यवसायीहरु संगठित हुने

४ बर्ष अगाडि

दक्षिण एसियामा मोटरगाडी व्यवसाय गर्ने अटोमोवाइल व्यवसायीहरु संगठीत हुने भएका छन् ।  

सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्सको पहलमा पर्सी शुक्रबार (फेब्रुअरी ७ मा) साउथ एशियन अटोमोटिभ फोरम गठन हुने भएको हो । 

इण्डीयन अटोमोवाइल मेनुफेक्चर्सको आयोजनामा भोलीदेखि देखि फेब्रुअरी ९ सम्म दिल्लीको प्रगति मैदानमा कम्पानेण्टहरुको र फेब्रुअरी ७ देखि १२ सम्म ग्रेटर नोएडामा अटो एक्सपो द मोटर शो २०२० हुदैछ । 

सोही एक्पोको अवसरमा साउथ एशियन अटोमोटिभ फोरम गठन हुने नेपाल अटोमोबाइल डिलर्स एशोसियसन (नाडा)ले जनाएको छ । 

फोरममा भारत लगायत नेपाल बङ्गलादेश, श्रीलङ्का र म्यानमार समेतको सहभागिता रहने छ । 

त्यसका लागि (नाडा) को १ सय ५० सदस्यीय टोली आज दिल्लीतर्फ प्रस्थान गरिसकेको छ ।  फोरमको गठन, दक्षिण एशियाको अटोमोवाइलक्षेत्रको इतिहासमा कोशे ढुङ्गा हुने नाडाको विश्वास छ । 

नाडालाई सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स र अटोमोटिभ कम्पानेण्ट मेनुफेक्चर्स एशोसिएशनको औपचारिक निमन्त्रणा गरेको थियो । 

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु पूर्व अध्यक्षद्धय सौरभ ज्योति, अञ्जन श्रेष्ठ, उपाध्यक्षद्धय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिव रिजाल, केन्द्रीय कार्य समिति सदस्य ध्रुववहादुर थापा लगायतका व्यक्तिहरुको सहभागिता रहेको नाडाले जानकारी दिएको छ ।

सो अवसरमा सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स र नाडाबीच पनि विभिन्न विषयमा समझदारी हुने जनाइएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया