भारतमा अटो एक्स्पो, चीनलाई निषेध

४ बर्ष अगाडि

भारतमा भोलिदेखि सुरुहुने अटो एक्स्पो २०२० मा चीनबाट भर्खर भित्रिएका बस्तुहरु र मानिसलाई रोक लगाइने भएको छ । 

चीनमा फेलापरेको कोरोना भाइरसको कारण भर्खर भित्रिएका वस्तु र चिनीँया मोटर निर्माताहरुलाई स्टल मेनेजमेन्टमा रोक लगाएको आयोजक सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (एसआइएएम) ले जनाएको छ ।  

कोरोना भाइरस हालसम्म २५ देशमा देखा परिसेको छ ।

चिनीयाँ कम्पनीले भारतीय प्रतिनिधिहरु मार्फत अटो एक्स्पोमा आफ्ना उत्पादन शोकेस गर्नसक्ने समेत आयोजकले जनाएको हो ।

‘चिनीयाँ कम्पनीले आफैले कुनै स्टल सञ्चालन गर्न पाउने छैनन्’, प्रेसिडेन्ट अफ एसआइएएम राजन वाधेरेले भने, ‘यस्ता कम्पनीले भारतीय प्रतिनिधि मार्फत आफ्नो स्टल सञ्चालन गर्न सक्छन् ।’

अटो एक्स्पोमा कोरोना भाइरसको कुनै डर नभएको उनले दावी गरेका छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया