सीडीएमए सेवा बन्द गर्दै टेलिकम

विहीबार, २३ माघ २०७६, ११ : ५८

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले  हाल सञ्चालन गरिरहेको सीडीएमए सेवा  बन्द गर्नै भएको छ ।

कम्पनीले आगामी आर्थिक वर्ष भित्र सीडीएमए सेवाका ग्राहकलाई फोरजीमा रुपान्तरण गरी यस सेवालाई बन्द गर्न लागेको हो ।

कम्पनीको १६ औँ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै कम्पनीका प्रबन्ध निर्दैशक डिल्लीराम अधिकारीले सीडीएमए सेवा बन्द हुन लागेको जानकारी दिए ।

'प्रबिधीगत रुपमा विश्वव्यापी स्तरमै सीडीएमए  सेवाको विकासक्रम  रोकिएकाले  कम्पनीले पनि नियामक निकाय समेतको सहकार्य र समन्वयमा सीडीएमए  सेवालाई क्रमिक रुपमा रुपान्तरण  सहित बन्द गर्नै कार्यक्रम ल्याएको हो', उनले भने, 'सो बाट कम्पनीको वायरलेस सेवामा एकरुपता आउने तथा स्पेक्ट्रमको बचत हुनेछ ।'

गत आर्थिक वर्षको तुलानामा चालु आर्थिक वर्षकाे शुरूमा भ्वाइस सेवा लिने ग्राहक संख्या १३.५९ प्रतिशतले वृद्धि भई २ करोड २७ लाख पुगेको थियाे भने गत कार्तिक  मसान्त सम्ममा थप बृद्धी भई २ करोड ३६ लाख पुगेको कम्पनीले जनाएको छ ।

 

यस्तै डाटा सेवाको संख्यामा २६ प्रतिशतले वृद्धी भई चालु आवको  शुरुमा कुल १ करोड ३७ लाख लिने ग्राहकको संख्या पुगेकोमा कार्तिकसम्ममा बृद्धी भई १ करोड ४६ लाख पुगेको छ ।
साथै बिगत १ वर्षको कम्पनीको मोवाइल सेवाको विस्तार सँगै ग्राहँकहरुको संख्यामा पनि १० लाख वृद्धि भएको छ ।

कम्पनीले अघि बढाएको फोरजि परीयोजनाको विस्तार सँगै थप वृद्धि हुने विश्वास लिइएको  छ  । यस्तै नेपाल टेलिकमले गत आर्थिक वर्षमा सरकारी राजस्वमा उल्लेख्य योगदान पु¥याएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७५,७६ मा कर र करबापत रु २५.७६ अर्ब र डिभिडेन्ट वापत रु ७.५५ गरी कुल रु ३३.३१ अर्ब सरकारी राजस्वमा बुझाएको छ ।यसले गर्दा कम्पनीको सेवा विस्तार र राजस्व वृद्धि सगँ सरकारी राजस्व पनि बढ्दै जाने उनको भनाई छ ।

विहीबार, २३ माघ २०७६, ११ : ५८

प्रतिक्रिया