कागतीखेतीका लागी अब्बल रामपुर

माघ २७, २०७६ | आजको अर्थ
ajaako_artha

धान, मकै, गहुँलगायतका अन्नबाली उत्पादन हुने जग्गामा रामपुर नगरपालिका–७ बस्ने कृषक मनोरथ भट्टराईले कागतीखेती शुरु गरेका छन ।

अन्नबालीको तुलनामा कागतीखेतीले राम्रो फाइदा हुने सम्भावना देखेपछि व्यावसायिक तवरले कागती लगाएका छन । करिब सात रोपनी क्षेत्रफलमा ४०० बोट कागती लगाएका छन। 

बजारमा कागतीको माग बढ्दो र यसबाट राम्रो कमाई गर्न सकिने भएपछि भट्टराईले व्यावसायिक तवरले कागती लगाएका हुन । चार वर्ष अघिदेखि कागतीखेती शुरु गर्नुभएका भट्टराईले अब १०० बोट थप गरी ५०० बोट पु¥याउने लक्ष्य लिएका छन । “राम्रै धान, मकै, गहुँ फल्ने जग्गा छ, अन्नबाली लगाएर निर्वाहमुखी मात्र भइयो, अब कागती लगाएर आम्दानी गर्ने सोच बनाएको छु” भट्टराईले भने ।

कागतीले धानको तुलनामा तेब्बर बढी आम्दानी दिने भएकाले दीर्घकालीन आयस्रोत लिन कागती लगाउन थालेको उनले बताए । “राम्रो स्याहार संरक्षण गरेपछि एक वटा बोटमा दुई हजार कागती उत्पादन लिन सकिन्छ, त्यसमा पनि एक हजार फले पनि ५०० बोटबाट वर्षमा कम्तीमा पनि सजिलोसँग रु १० लाख त कमाउन सकिन्छ” उनले भने । उनले वर्षमा ४० मुरी धान उत्पादन हुने खेतभरि अहिले कागती लगाएर हरियाली बनाएका छन । 

रामपुर नगरपालिका कृषि शाखाले अनुदानमा कागतीका बिरुवा उपलब्ध गराउन थालेपछि कागतीखेतीमा कृषकको आकर्षण बढ्दो रहेको कृषि शाखा प्रमुख तथा सूचना अधिकारी रामप्रसाद पाण्डेयले जानकारी दिए ।

आर्थिक वर्ष २०७५÷७६ मा स्थानीय जातका तीन हजार ५००, सुन कागती एक हजार ५०० बिरुवा ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाका सूचना अधिकारी पाण्डेयले बताए । उनका अनुसार रामपुर नगरपालिका क्षेत्रमा करीब २४ जना जति कृषक कागतीखेतीमा आबद्ध रहेका छन् । कागतीभित्र विभिन्न घुसुवा बाली लगाएर मनग्य आम्दानी लिन सकिन्छ । बजारमा कागतीको मूल्य बढ्दो रहेको हुँदा अन्नबालीको तुलनामा यसबाट कृषकले राम्रो कमाई गर्न सक्नेछन् । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.३६११४.९६
European Euro१२४.४५१२५.१०
UK Pound Sterling१४७.९६१४८.७४
Swiss Franc११७.२७११७.८८
Australian Dollar७५.१३७५.५३
Canadian Dollar८६.०२८६.४७
Singapore Dollar८१.८३८२.२६