चिलिमेका तीन आयोजना सकिन लागे, प्रसारण लाइनमा चरम लापरवाही

४ बर्ष अगाडि

काठमाडौं – रसुवागढी र साञ्जेन र तल्लो साञ्जेन जस्ता आयोजनाको मिर्नाण सकनि लागेपनि ती आयोजनाबटा उतपादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने प्रसारण लाइन निर्माणमा भने चरम लापरवाही भएको छ ।

 नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको भौतिक प्रगति ५५ प्रतिशत मात्रै भएको छ । बाँकी काम कहलिे सकिन्छ अहिल्यै भनीहाल्ने अवस्था भने छैन ।

विसं २०७३ पुसदेखि निर्माण सुरु भएको रसुवाको चिलिमेदेखि २२० केभी हब त्रिशूली–३बी सम्मको लाइनको ५० प्रतिशत मात्रै काम सकिएको हो ।

ठेक्का सम्झौता अनुसार प्रसारण लाइन २०७५ पुसभित्रै निर्माण भइसक्नुपर्ने भएपनि ठेकेदारको बदमासीका कारण समस्या पैदा भएको छ ।

चिनियाँ कम्पनी पिङाओ ग्रुपले २ वर्षमा निर्माण पूरा गर्ने गरी सम्झौता गरे पनि आयोजनाको डिजाइन र ठेकेदार कम्पनीको ढिलासुस्तीले प्रारम्भिक म्याद सकिएको एक वर्षभन्दा धेरै हुँदासम्म आधामात्र काम सकिएको हो ।

थपिएको म्यादका आधारमा आगामी चैतभित्र प्रसारण लाइनको सम्पूर्ण काम पूरा हुनुपर्छ । तर, अहिलेसम्म आयोजनाको आधामात्र काम पूरा भएकाले लक्षित तालिकाभित्र पूरा हुने सम्भावना नरहेको स्पष्ट देख्ख्न सकिन्छ ।

प्रसारण लाइनको ७८ वटा टावरमध्ये ३२ ठाउँमा जग खन्ने काम मात्रै भएको छ ।चिलिमे र त्रिशूलीमा २ वटा सबस्टेसन निर्माण भइरहेको छ । ६५ प्रतिशत काम सकिएको चिलिमे सबस्टेसनको काम २०७७ बैशाखभित्र पूरा गर्ने लक्ष्य राखिएको छ ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाटको सान्जेन, १४.८ मेगावाटको माथिल्लो सान्जेन यही प्रसारण लाइनमा जोडिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया