लगातार बिदाले गर्दा ‘नाइँ नभन्नू ल ५’लाई ठूलो चिट्टा

५ बर्ष अगाडि

काठमाडौं । तीन दिन लगार बिदा हुन फिल्म ‘नाइँ नभन्नू ल ५’ले बक्स अफिसलाई ठूलो चिट्टा पर्ने भएको छ । उसले तीन दिनमै रेकर्ड तोड्न सफल भएको छ,जवकी  उसले शुक्रबार, शनिबार र आइतबार पनि सार्वजनिक बिदा परेका कारण फिल्मले आक्रामक व्यापार गर्न सफल भएको हो ।

पहिलो दिन अर्थात् शुक्रबार ४६ लाख रुपैयाँको ग्रस कलेक्सन गरेको फिल्मले शनिबार नेपालभरबाट एक करोड रुपैयाँमाथिको व्यापार गर्न सफल भयो। आइतबार फिल्मले ७४ लाख रुपैयाँ व्यापार गर्न सफल भएको छ । फिल्मले हालसम्म दुई करोड २० लाख रुपैयाँ बढीको कलेक्सन गर्न सफल भएको वितरक सुनिल मानन्धरले बताउनुभयो ।

विकास आचार्य निर्देशित फिल्ममा अनुभव रेग्मी, सेड्रिना शर्मा, स्वस्तिमा खड्का, अभिषेक नेपाल, निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दिलीप रायमाझी, जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङको अभिनय रहेको छ। विकास आचार्य र सामीप्यराज तिमल्सेनाको संयुक्त पटकथा रहेको फिल्ममा वसन्त सापकोटाको संगीत तथा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।

पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्। ुवान टाइम सिनेमाुको ब्यानरमा बनेको फिल्मको निर्मातामा हरिबोल भण्डारी र गौरी जोशी छन् भने कार्यकारी निर्मातामा दिनेश पोखरेल, पुरुषोत्तम प्रधान र विष्णुमणि दाहाल छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया