सरकारले १० प्रतिशत बजेट आकार घटायो

बुधबार, २९ माघ २०७६, १७ : ०४

सरकारले चालू आर्थिक वर्षको बजेट आकार घटाएको छ । सरकारले चालू आर्थिक वर्षका लागि १५ अर्ब ३२ खर्वको बजेट ल्याएको थियो । 
तर सरकारले घोषणा गरेको बजेटमा अर्धबार्षिक समीक्षा गर्दै बजेटको आकार १० प्रतिशतले घटाएर १३ खर्व ८५ अर्वमा झारेको हो । 

अर्थ मन्त्रालयमा बुधबार आयोजित अर्धबार्षिक समीक्षाका क्रममा अर्थमन्त्री युवराज खतिवडाले बजेटको आकार १० प्रतिशतले घटाएको जानकारी दिए । खर्च तथा राजश्व लक्ष्य भेटाउन नसक्दा बजेट आकार घटाइने गरेको अर्थविद्हरुले बताएका छन् । 

मन्त्री खतिवडाले समीक्षा अवधिमा निर्यात वृद्धि भएको र आयात पनि घटेको बताए । उनले देशमा सहायता र लगानी बढेको पनि दाबी गरे । 
उनले देशका स्थायित्व बढेको उल्लेख गर्दै वित्तीय संघीयता कार्यान्वयन सुदृढ बनेको टिप्पणी गरे ।

सरकारले बजेटमा साढे आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको थियो । 
तर छ महिनाको अवधि सम्म ४ खर्ब २२ अर्ब रुपैयाँ मात्रै खर्च भएपछि अधिकतम सीमा १३ खर्ब ८५ अर्ब राखिएको हो । चालु आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ५७ अर्बमा ९५ प्रतिशत खर्च हुन अनुमान सरकारको छ ।
 

बुधबार, २९ माघ २०७६, १७ : ०४

प्रतिक्रिया