टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमणको आशंकामा तीन जनालाई टेकु भर्ना गरेको छ ।
एक जना चिनियाँ नागरिक र दुई जना चीनबाट आएका नेपालीलाई जाँचका लागि भर्ना गरिएको हो ।
उनीहरु तीन जनामा कोरोना भाइरसको संक्रमण छ वा छैन भनेर टेकुकै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि नमुना पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए ।
उनका अनुसार तीनजानालाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
प्रतिक्रिया