काठमाडौँ । कुवेतको मुतलास्थित निर्माण क्षेत्रमा ढिस्कोले पुरिएर ४ नेपालीको मृत्यु भएको छ । अन्य केही हराइरहेका छन् ।
बम पड्काएर ढुङ्गा फुटाउने क्रममा भएको दुर्घटनामा ४ नेपालीको शव निकालिएको अरब टाइम्सले जनाएको छ ।
नेपाली श्रमिकहरु गहिरो स्थानमा रहेका बेला ढुङ्गा फुटाउन बम पड्काइएको र विस्फोटपछि ढुंगाको ठूलो थुप्रोले उनीहरुलाई पुरेको जनाइएको छ । अहिले हराइरहेकाहरुको खोजीकार्य भइरहेको छ ।
प्रतिक्रिया