नेको इन्स्योरेन्सको घट्यो नाफा, बीमा गर्नेको संख्या पनि घट्यो

४ बर्ष अगाडि

काठमाडौं – नेको इन्स्योरेन्सले चालु आर्थिक बर्ष दोस्रो त्रैमासमा रु. १६ करोड ४६ लाख नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तय विवरणले यस्तो देखाएको हो । 
यो नाफा गत आवको भन्दा ५६ लाखले कमी हो । गत आवको समिक्षा अवधीमा कम्पनीले रू. १७ करोड ३ लाख नाफा कमाएको थियो ।
 कम्पनीले यस अवधीमा कुल रु. २७ करोड ४३ लाख आम्दानी गरेको छ । त्यसमा १० करोड ९ लाख रुपैयाँ बिबिध विषयमा खर्च भएको देखिन्छ । कम्पनीले गत आवमा रू. २८ करोड ८ लाख आम्दानी गरेको थियो, जसअनुसार अहिले कम्पनीको आम्दानी पनि घटेको देखिन्छ । 
तर, कम्पनीको बीमाशुल्क संकलन भनेको बढेको छ । गत आवको ६ महिनामा कम्पनीले रू. ९७ करोड ९७ लाख कुल बीमाशुल्क संकलन गरेको थियो । तर, अहिले रू. १ अर्ब १५ करोड ७१ लाख बीमाशुल्क संकलन गरेको छ । 
यद्यपि, यो कम्पनीमा बीमा गर्नेको संख्या भने घटेको छ । गत आवको ६ महिनामा कम्पनीले १ लाख ३८ हजार ३६८ बीमालेख जारी गरेको थियो । तर, यो बर्ष १ लाख १७ हजार ८०९ ओटा बीमालेख जारी गरेको छ । 
हाल कम्पनीको चुक्तापुँजी रु. १ अर्ब ३१ करोड ७४ लाख रहेको छ । यस्तै, जगेडा कोषमा रु. ३९ करोड ६७ लाख, बीमा कोषमा ६८ करोड ९८ लाख र महा विपत्तीि जगेडा कोषमा रु. ६ करोड ५१ लाख जम्मा गरेको कम्पनीको भनाइ छ । 
कम्पनीले बिभिन्न ठाउँमा दिर्घ कालिन रुपमा ५५ करोड ६५ लाख कर्जा लगानी गरेको छ । यस्तै, अल्पकालिन रुपमा २ अर्ब ४९ करोड १० लाख लगानी गरेको देखिन्छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया