माथिल्लो फावा खोलामा माछापुच्छ्रे बैंकलगायतले ८० करोड लगानी गर्ने

४ बर्ष अगाडि

काठमाडौं – युनिटेक हाइड्रो पावर कम्पनीले ताप्लेजुङमा निर्माण गर्ने ५.८ मेगावाट क्षमताको माथिल्लो फावा खोला जलविद्युत आयोजनामा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् ।

आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको अगुवाईमा आइसिएफसी वित्तीय संस्था र गुहेश्वरी मर्चेन्ट बैंकले लगानी गर्ने भएका छन् । कम्पनीका अनुसार आयोजनामा माछापुच्छ्रे बैंकले रु ४० करोड र दुई वित्तीय संस्थाले रु २०÷ २० करोड लगानी गर्ने भएका हुन् ।

कम्पनी र वित्तीय संस्थाहरूबीच आज लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । कूल ६५ प्रतिशत ऋण र ३५ प्रतिशत स्वपुँजीमा आयोजना निर्माण गर्न लागिएको हो ।

आयोजनाको लागत करिब रु १ अर्ब २४ करोड ३४ लाख रहेको छ । त्यसमा लगानीकर्ताले रु ४४ करोड ३४ लाख लगानी गर्ने भएका छन् ।

निर्माण सुरु भइसकेकाले अबको डेढ वर्षभित्र विद्युत उत्पादन गर्ने लक्ष्य राएिको छ ।

आयोजनाबाट वार्षिक ३ करोड ३० लाख युनिट विद्युत उत्पादन हुने छ । आगामी ७  वर्षमा बैंकको ऋण तिरिसक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया