अरुण भ्यालीले १० मेगावाटको काबेली दोस्रो बनाउने

४ बर्ष अगाडि

काठमाडौं – अरुण भ्याली हाइड्रो पावर कम्पनीले १०  मेगावाट क्षमताको  माथिल्लो काबेली–२ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । ताप्लेजुङ जिल्लामा पहिचान भएको आयोजना अघि बढाउन लागिएको हो ।

आयोजनाको बाँधबाट पानीको बहाव २.७४ किलोमिटर लामो हेडरेस पाइप हुँदै पाथीभरा याङवरक गाउँपालिकामा काबेली नदीको बायाँ किनारमा निर्माण हुने विद्युत गृहमा खसाली विद्युत उत्पादन गर्ने तयारी गरिएको छ ।

आयोजनाबाट उत्पादीत विद्युत २.८९ किलोमिटर लामो  ३३ केभी क्षमताको प्रसारण लाइन मार्फत काबेली बी ‘१’ जलविद्युत आयोजनाको स्वीचयार्डमा जोडिनेछ ।

आयोजनाको प्रारम्भिक वातारणीय परीक्षण अध्ययनको काम सुरु भएको कम्पनीले जनाएको छ । अध्ययनको क्रममा कम्पनीले आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको भौतिक, सास्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा पर्नसक्ने असरबारे सरोकारवालासँग रायरसुझाव मागेको छ । असरबारे सम्बन्धित सरोकारवालालाई अबको २ साताभित्र आइपुग्ने गरी रायरसुझाव पठाउन भनिएको हो ।

सरोकारवालाले आफ्नो  सुझाव कम्पनीको कार्यालयमा पठाउन आग्रह गरिएको छ । कम्पनीको संखुवासभामा ३ मेगावाटको पिलुवा खोला जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया