कर्पोरेट बैंकको नाफासँगै घट्यो ब्याज आम्दानी

४ बर्ष अगाडि

कर्पोरेट डेभलपमेन्ट बैंकले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ । 

यस अवधीमा बैंकको खुद नाफामा गिरावट देखीएको छ  । अघिल्लो वर्षको यसै अवधीको तुलानामा बैंकले ४ करोड ३२ लाखले घटाएर २ करोड ७८ लाख मात्र खुद नाफा आर्जन गरेको छ । 
गत आवको दोस्रो त्रैमासमा बैंकले ७ करोड १० लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधीमा बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । गत आवको यसै अवधीमा बैंकले २४ करोड ९२ लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेकोमा समीक्षा अवधीमा भने ५ करोड बराबरले घटाएर १९ करोड १५ लाख बराबरको मात्र ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधीमा बैंकको सञ्चालन मुनाफामा पनि गिरावट आएको छ । गत आवको यसै अवधीमा बैंकले ७ करोड १० लाख बराबरको सञ्चालन मुनाफा गरेकोमा समीक्षा अवधीमा भने ४ करोड हारहारीमा घटेर २ करोड ७८ लाख रुपैयाँ बराबरको मात्र नाफा आर्जन गरेको छ ।

यस अवधीमा बैंकले २२ करोड ७८ लाख बराबरको निक्षेप संकलन गरेको छ भने २९ करोड ५४ लाख बराबरको कर्जा प्रवाह गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ३७ करोड रहेको छ भने बैंकको जगेडा कोषमा २२ करोड ५४ लाख रुपैयाँ सञ्चित छ ।
 


 

४ बर्ष अगाडि

प्रतिक्रिया