सीआईटीले अब स्टक डिलरको काम गर्ने

४ बर्ष अगाडि

काठमाडौं – नागरिक लगानी कोष (सीआईटी)ले अब स्टक डिलरको काम पनि गर्ने भएको छ । स्टक डिलरको काम गर्न कोषले सहकायक कम्पनीको रुपमा नागरिक स्टक डिलर कम्पनी स्थापना पनि गरि सकेको छ । 
कोषले बुधबार मात्र कम्पनी रष्ट्रिरको कार्यलयमा उक्त कम्पनी दर्ता गरेको हो । लगानीकर्ताले लामो समयदेखि स्टक डिलरको माग गर्दै आएका थिए । कोषले उक्त कम्पनी खोलेपछि लगानीकर्ताको माग पनि पुरा भएको छ । 
कोषले रु. ५ अर्ब चुक्तापुँजी र रु. १० अर्ब अधिकृत पुँजी हुने व्यवस्था सहित उक्त कम्पनी खोलेको हो । नेपाल धितोपत्र बोर्डले हालै एक नियामवली संसोधन गर्दै बैंक तथा विशेष ऐनद्धारा स्थापीत कम्पनीलाई स्कट डिलरको काम गर्न बाटो खुलाइ दिएको थियो । त्यसपछि कोषले स्टक डिलरको काम गर्ने कम्पनी स्थापना गरेको हो । 
कोषले आफनो ५१ प्रतिशत शेयर स्वामित्व हुने गरि उक्त कम्पनी खोलेको हो । त्यसमा नेपाल पुनर्बीमा कम्पनीको १० प्रतिशत र नेपाल टेलीकमको ९ प्रतिशत शेयर हुनेछ । बाँकी रहेको ३० प्रतिशत शेयर भने सर्वसाधारण मार्फत उठाउने कोषको योजना छ । यसमा कोषले २ अर्ब ५० करोड भदा बढी लगानी गरेको छ । त्यस्तै, पनुर्बीमाले रू. ५० करोड र टेलीकमले रू. ४५ करोड लगानी गर्दैछन । रू. १ अर्ब ५० करोड बराबरको भने आईपीओ जारी गरिने छ । 
अब आवश्यक प्रक्रिया पुर्याएर दुई महिना भित्र कम्पनी सञ्चालनमा ल्याउने कोषको तयारी छ । अब कम्पनीको कार्यविधि लगायतका नीति गत संरचना तयार गर्नुपर्ने काम बाँकी छ । त्यसपछि नेपाल धितोपत्र  बोर्डबाट स्टक डिलरको काम गर्न इजाजत पत्र लिनुपर्ने हुन्छ । त्यसपछि उक्त कम्पनीले स्टक डिलरको काम गर्नेछ । 
स्टक डिलरले खास गरि बजारको निर्माणताको काम गर्छन् । बजारमा नबिकेको शेयर उठाउने, बजार बढ्दा भएको शेयर बिक्री गर्ने अर्थात बजारमा हुने माग र आपुर्तिलाई सन्तुलनमा राख्ने काम यसले गर्दछ । सोही उद्देश्य अनुरुप नै नागरिक स्टक डिलरको स्थापना गरिएको हो । 
कम्पनीको सञ्चालक समितिमा कोषबाट ३, पुनर्बीमाबाट १ र टेलिकमबाट १ गरि ५ प्रतिनिधिले प्रतिधित्व गर्नेछन् । साथै, १ जना विज्ञ सदस्य गरी हाल ६  जनाको सञ्चालक समिति बनाइने छ । पछि आईपीओ आएपछि कोषको एक प्रतिनिधी हटाएर सर्वसाधारणबाट २ जना थप गरिने छ । त्यस पनि कम्पनीको सञ्चालक समिति ७ सदस्यीय हुनेछ ।
स्टक डिलर कम्पनी आएसँगै लगानी कर्तामा उत्साह आउने देखिएको छ । साथै, बजारको पनि स्थायित्व हुने अपेक्षा गरिएको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया