घुसखोरी काण्डले १ अर्ब ३६ करोड घाटामा गयो एयसबस

४ बर्ष अगाडि

विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसको घाटा १ अर्ब ३६ करोड युरो पुगेको छ । 

फ्रान्समा मुख्यालय रहेको एयरबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन ३ अर्ब ६० करोड युरो जरिवाना तिर्नुपरेको कारण उक्त घाटा भएको जनाएको छ ।  

एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो जरिवाना भुक्तानी गर्नुपरेको थियो । 

त्यस्तै ए ४०० एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाएको छ । 

कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जनाएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ । 

‘हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौं, र ग्राहकको विश्वास जित्न सफल भएका छौं ’, एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताए ।  –एएफपी

४ बर्ष अगाडि

प्रतिक्रिया