लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा ५ लाखले बढ्यो, खुद वीमा शूल्कमा भने गिरावट

४ बर्ष अगाडि

लुम्बिनी जनरल इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनीक गरेको छ ।

यस अवधीमा कम्पनीले आफ्नो खुद नाफा ५ लाख रुपैयाँले बढाएको छ । गत आवको यसै अवधीमा कम्पनीले ७ करोड ६८ लाख नाफा आर्जन गरेकोमा समीक्षा अवधीमा ७ करोड ७२ लाख बराबरको नाफा आर्जन गरेको हो ।

यस अवधीमा कम्पनीको खुद वीमा शूल्कमा भने गिरावट आएको छ । गत आवको समीक्षा अवधीमा ३६ करोड ८३ लाख वीमा शुल्क उठाएको कम्पनीले चालु आवको दोस्रो त्रैमासमा ५ करोड ४६ लाखले घटाएर ३१ करोड ३७ लाख बराबरको वीमा शुल्क आर्जन गरेको छ । 

त्यस्तै,  अघिल्लो आवको समीक्षा अवधीको तुलानामा कम्पनीले २ लाखले  खर्च घटाएको छ । गत आवको यसै अवधीमा कम्पनीले ५ करोड ४४ लाख खर्च गरेकोमा समीक्षा अवधीमा ५ करोड ४२ लाख बराबरको खर्च गरेको छ । 

यो अवधीमा कम्पनीको आम्दानी पनि ३ लाख रुपैयाँले बढेको छ । गत आवको यस्रै अवधीमा कम्पनीले १३ लाख ११ हजार रुपैयाँ बराबरको आम्दानी गरेकोमा समीक्षा अवधीमा १३ करोड ४४ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २६ करोड ९८ लाख रुपैयाँ सञ्चित छ ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया