केयुकेएलले अझै मेहनत र सक्षमताका साथ काम गर्नुपर्ने समय आएको छ : खानेपानी मन्त्री

४ बर्ष अगाडि

खानेपानी मन्त्री बिना मगरले उपत्यकाबासीले भोगिरहेका खानेपानीको समस्या हल गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० सक्षम भएर मेहनतका साथ अघि बढ्नुपर्ने बताएका छन्। 

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को बाह्रौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौं उपत्यकाबासीले बर्षौंदेखि झेलिरहेका समस्यालाई अब हल गर्नुपर्ने दिन नजिकिंदै गईरहेकाले केयुकेएल सक्षम बन्नुपर्ने बताएकी छन्। ‘मेलम्ची आईसकेपछि तपार्ईहरुले धेरै काम गर्नुपर्ने छ ।’ मन्त्री मगरले भनीन, ‘ तपाईहरुले सुरुका केही वर्ष धेरै मेहनत गर्नुपर्नेछ । यो समयमा सायद भोक र निद्रा नभनी काम गर्नुपर्ने हुन सक्छ । त्यसको लागि तयार भएर बस्नुहोला ।’

मेलम्ची जनताको प्रत्यक्ष जीवनसँग जोडिएको विषय भएकाले केयुकेएलले चुस्त व्यवस्थापकीय ढंगबाट काम गर्नुपर्ने मन्त्री मगरले बताइन। हिजोको कठिनाई, समस्या र अप्ठ्यारो भोगाईबाट पाठ सिक्दै अब परिश्रमका साथ काम गर्नुपर्ने समय आएको उनले बताइन।  
बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन, ‘मेलम्चीको पानी आउन अब धेरै समय छैन । मेलम्चीको पानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।’ 

केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गरिन। उनले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन मन्त्रालय प्रतिबद्ध रहेको धारणा राखिन।

मन्त्रालयका सचिव माधव बेल्बासेले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर र क्षमता बढाएर अघि गरेर बढ्नुपर्ने बताइन। सचिव बेल्बासेले पुरानो वितरण प्रणालीलाई नछोडीकन मेलम्चीको पानी पनि समानुपातिक ढंगले वितरण गर्ने गरी क्षमता वृद्धि गर्नुपर्ने उल्लेख गरिन।

कार्यक्रममा मन्त्री मगरले केयुकेएलले गुनासो सम्बोधन गर्न विकास गरेको मोबाइल एप र रिजर्भवायर पानी ट्यांकीमा पानीको क्षमता मापन गर्ने प्रविधिको सार्वजनिक गरेकी थिन। धारामा पानी आए नआएको र चुहावट भएको अवस्थाबारे जानकारी दिने र गुनासो सम्बोधन गर्नेगरी एप तयार गरिएको छ । मन्त्री मगरले केयुकेएलमा कार्यरत अवकाश पाएका कर्मचारीहरुलाई सम्मान गर्नुभएको थियो भने उत्कृष्ट शाखाहरुलाई पुरस्कृत गरेकी थिन।

४ बर्ष अगाडि

प्रतिक्रिया