अन्तिम कारोबारका दिन घट्यो परिसूचक, १ अर्ब ७७ करोडको कारोबार

४ बर्ष अगाडि

साताको अन्तिम कारोबारका दिन नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको छ । 

आज कारोबारको सुरुवातमा केही अंक माथि उक्लीए पनि अन्तिम समय सम्म आउदाँ परिसूचक १.३९ अंकले घटे्को हो ।

आज विहान ११ बजे १३४६.४५ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने १३४४.५९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

आज सेन्सेटीभ परिसूचक पनि १.३२ अंकले ओरालो लागेको छ ।

आज कारोबारमा आएका १२ उपसमूह मध्य ७ उपसमूह मात्र बढे्का छन् । त्यस्तै आज कारोबार भएका १७२ कम्पनीको ३७ लाख २० हजार कित्ता शेयर खरिद बिक्री हुदाँ १ अर्ब ७७ लाख बराबरको कारोबार भएको छ । 

त्यस्तै आज  सबै भन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको १२ करोड र शिवम् सिमेन्टको ९ करोड ७५ लाख रुपैयाँ बराबरको कारेबार भएको नेप्सेले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया