ज्योति लाईफ इन्स्योरेन्सको व्यवसायिक सद्भावना दुतमा पुनः राजेश हमाल

४ बर्ष अगाडि

राजेश हमाल पुन ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायिक सद्भावना दुत ब्राण्ड एम्बेसडरमा मा दुई वर्षका लागी नियुक्त भएका छन् । 

कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाश विक्रम खत्री र राजेश हमालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

 नेपाली चलचित्र क्षेत्रका महानायक तथा देशकै गौरवशाली व्यक्तित्व राजेश हमाललाई कम्पनीमा पुनः आबद्ध गराउन पाउनु कम्पनीको हकमा लाभदायी रहने र कम्पनीको व्यवसाय प्रबर्धन सम्बन्धी विभिन्न कार्यक्रमहरुमा राजेश हमालको सहभागिता रहने भएकोले नेपाली बीमा क्षेत्रकै प्रबद्र्धनमा टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ ।

छोटो समयमा नै कम्पनीको बीमा शुल्क आर्जन, प्रविधिक विकास र खुद मुनाफामा उल्लेख्य प्रगति देख्दा आफुले व्यवसायिक सद्भावना दुतमा पुनः आवद्ध हुन पाउनु आफैलाई पनि हर्षको कुरा रहेको राजेश हमालले बताएका छन  ।

४ बर्ष अगाडि

प्रतिक्रिया