खुद ब्याज आम्दानी ५४ प्रतिशतले बढेसगैँ सहारा विकास बैंकको नाफामा सुधार

४ बर्ष अगाडि

सहारा विकास बैंकले चालु आवको दोस्रो त्रैमासमा १ करोड ४५ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ ।बैंकले आज दोस्रो त्रैमासको वित्तिय विवरण जारी  गर्दै उक्त जानकारी दिएको हो । 
यस अवधीमा बैंकले अघिल्लो आवको यसै अवधीको तुलानामा ३० लाख रुपैयाँले नाफा बढाएको छ ।

अघिल्लो वर्षको यसै अवधीमा बैंकले १ करोड १५ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस अवधीमा बैंकको खुद ब्याज आम्दानी ५४ प्रतिशतले बढ्ेको छ । गत आवको यसै अवधीमा बैंकले १ करोड ५६ लाख रुपैयाँ बराबरको ब्याज आम्दानी गरेकोमा समीक्षा अवधीमा भने ८५ लाख रुपैयाँले बढाएर २ करोड ४२ लाख बराबरको ब्याज आम्दानी गरेको छ । 

यस अवधीमा बैंकको सञ्चालन मुनाफा पनि ४२ लाख हारहारीमा बढे्को छ । अघिल्लो आवको यसै अवधीमा बैंकले २ करोड ६५ लाख बराबरको सञ्चालन आम्दानी गरेको छ भने समीक्षा अवधीमा ३ करोड ८ लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । 

अहिले सम्ममा बैंकले ७८ करोड ९२ लाख बराबरको निक्षप संकलन गरेको छ भने ६८ करोड ८४ लाख बराबरको कर्जा प्रवाह गरेको छ । 

हाल बैंकको चुक्ता पूँजी १६ करोड ३३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ करोड ७५ लाख रुपैयाँ सञ्चित छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया