सिटिजन्स बैंकद्वारा माया घरलाई आर्थिक सहयोग

४ बर्ष अगाडि

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इटहरी स्थित माया घर नेपाललाई ८० हजार रुपैयाँको आर्थिक सहयोग गरेको छ ।

मानसिक स्वास्थ्यमा समस्या भएका तथा सडकमा फिरन्ते जीवन बिताइरहेका वेवारीसे अवस्थामा रहेका मानवहरुलाई पुर्नस्थापना गरी सिपमुलक  तालिम संचालन गर्दै आएको  मायाघरलाई उक्त रकम सहयोग गरेको हो ।

।हाल माया घर नेपालमा ५४ जनालाई उद्धार गरी माया घर नेपालमा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया