भोजपुरमा १५ मेगावाट क्षमताको इर्खुवा खोला जलविद्युत् आयोजना बन्दै

४ बर्ष अगाडि

काठमाडौं । भोजपुरको इर्खवा खोालामा करिक १५ मेगावाट क्षमताको इर्खुवा खोला जलविद्युत आयोजना निर्माण हगर्ने तयारी गरिएको छ ।

सो आयोजना आरती पावर कम्पनीले अघि बढाउन लागेको हो ।

आयोजनाको मुख्य संरचना इर्खुवा खोलाको दायाँ किनारमा रहने गरि डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इर्खुवा खोलामा निर्माण हुने बाँधबाट करिब ३.७२ किलोमिटर सुरुङ मार्फत विद्युतगृहमा पानि खसाली विद्युत उत्पादन गर्ने तयारी छ ।

विद्युतगृहमा ७.२५ मेगावाटको २ वटा टर्वाइन राखिने छ । टर्वाइनमा जडान भएको ३ फेजको २ वटा जेनेरेटर मार्फत विद्युत उत्पादन हुनेछ । आयोजनाबाट २०७९ मंसिर १ गते विद्युत उत्पादन गर्ने गरी काम शुरु गरिएको छ ।

आयोजनाबाट वार्षिक ९०.५८ गिगावाट घण्टा विद्युत उत्पादन हुन्छ । उत्पादीत विद्युत ८ किलोमिटर दुरीमा रहेको १३२ केभी प्रसारण लाइन मार्फत शितलपाटी सबस्टेसनमा जाडिनेछ ।

आयोजना निर्माण प्रक्रिया अघि बढाउन कम्पनीले विद्युत उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।

विभागले सूचना जारी भएको मितिले ३५ दिनभित्र आइपुग्ने गरी सरोकारवालासँग राय सुझाव मागेको हो । 

सरोकारवालाले आफुले दिने रायरसुझाव विभाग वा कम्पनीको कार्यालयमा पठाउनुपर्नेछ । सरोकारवालाको रायरसुझावका आधारमा विभागले कम्पनीको नाममा उत्पादन अनुमतिपत्र दिनेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया