लाभांश दिन राष्ट्रिय वाणिज्य बैँकले माग्यो शेयरधनीको बैंक  खाता

४ बर्ष अगाडि

काठमाडौं – राष्ट्रिय वाणिज्य बैँक लिमिटेडले सम्बन्धित शेयरधनीहरुलाई बैँक खाता उपलब्ध गराउन आग्रह गरेको छ ।

बैँकले आफ्नो १४ औँ बार्षिक साधारण सभाबाट पारित गत बर्षको  नगद लाभांश वितरण गर्नका लागि एक सुचना जारी गर्दै बैँक खाता उपलब्ध गराउन आग्रह गरेको हो ।  

बैँकले गत आवको मुनाफाबाट कर सहित १२ प्रतिशतका दरले  शेयरधनीहरुलाई नगत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।  

बैँकले शेयरधनीहरुलाई नाम , बैक खाता नम्बर, सम्र्पक नम्बर लगाएतको विवरण नजिकको बैक तथा शाखा कार्यलय वा आरबिबि मर्चेन्ट बैँकमा बुझाउन आग्रह गरेको छ ।     
 

४ बर्ष अगाडि

प्रतिक्रिया