कोरोना प्रभाव – चिनीयाँ कामदार आउन नसक्दा जलविद्युत् आयोजना प्रभावित

फागुन २, २०७६ | आजको अर्थ
ajaako_artha

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण कामदार रोकिँदा नेपालका दुई विद्युत आयोजानको काम ठप्प भएको छ ।

गत २३ जनवरीमा चिनियाँ नयाँ वर्ष मनाउन गएका कामदार कोरोना फैलिएपछि आउन नसक्दा दोलखा र रामेछापको सीमानामा निर्माणाधीन ४८.२ मेगावाटको खिम्ती–२ तथा रसुवाको लाङटाङमा निर्माणाधीन २० मेगावाटको लाङटाङखोला हाइड्रोपावरको काम रोकिएको हो ।

खिम्ती–२ पिपुल्स इजर्नी लिमिटेड र लाङटाङ मल्टी इनर्जी डेभलपमेन्ट प्रा.लि. ले निर्माण गरिरहेको छ । दुवै आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी चाइना वाटर टर्वाइन वक्र्स (सिडब्लु टिडब्लु) ले लिएको थियो । दुवै आयोजना निर्माणमा ठेकेदार कम्पनीले चिनियाँ कामदार लगाएको थियो ।

चीन गएपछि कोरोनाका कारण कामदार फर्कन नसक्दा काम रोकिएको दुवै आयोजनाका कम्पनी म्यानेजर रामहरि शर्माले जानकारी दिए । ‘ठेकेदार कम्पनी हाम्रो सम्पर्कमा छ’, शर्माले भने, ‘तर कोरोनाका कारण आउन नसकेको जानकारी आएको छ ।’

 पपुल्स इनर्जीका कम्पनी सचिव जनार्दन अर्यालले ठेकेदार कम्पनीका कर्मचारी र कामदार कहिले नेपाल आउने भन्ने यकिन नभएको जानकारी दिए । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८