टेलिमेडिसिनमार्फत स्वास्थ्य सेवा प्रभावकारी बन्दै

फागुन २, २०७६ | आजको अर्थ
ajaako_artha

ऐरावती गाउँपालिका–४ धुवाङ स्वास्थ्यचौकीमा टेलिमेडिसिनमार्फत दिइने सेवा प्रभावकारी बन्दै गएको छ । 

गत कात्तिकको पहिलो हप्ताबाट शुरु भएको यो सेवा प्रभावकारी बन्दै गएको हो ।

यो साता स्वास्थ्य टेलिमेडिसिन स्वास्थ्य सेवा कार्यक्रममा २५ बिरामीले स्वास्थ्य सेवा लिएका छन् ।

 ऐरावती गाउँपालिकाका विभिन्न वडा र छिमेकी जिल्ला अर्घाखाँचीका नागरिकलाई स्वास्थ्य सेवा दिइएको हो ।

मानसिक रोगका २५ बिरामीलाई प्रत्यक्ष भिडियोमार्फत परामर्श दिनुका साथै रोगको पहिचान गरेर औषधिसमेत प्रदान गरिएको स्वास्थ्यचौकीका इन्चार्ज बालगोपाल श्रेष्ठले बताए ।

हाल माल्दिभ्सको मानसिक अस्पतालमा कार्यरत डा कञ्चन दाहालले बिरामीको भिडियोमार्फत स्वास्थ्य सेवा प्रदान गरेकोे इन्चार्ज श्रेष्ठले बताए । चिकित्सकसँग यसरी प्रत्यक्ष सम्पर्क गरेर आफ्नो समस्या राख्न पाउँदा बिरामी निकै हर्षित भएको उनले बताए ।
 
करीब छ वर्षपछि मानसिक रोग विशेषज्ञसँग प्रत्यक्ष स्वास्थ्य जाँच गराउनु ठूलो उपलब्धि रहेको उनले बताए । जिल्लाका सात स्वास्थ्य संस्थामा यो कार्यक्रम सञ्चालनमा छ । 

बरौला स्वास्थ्य संस्थाले हाल धुवाङबाट सञ्चालन गरिएको स्वास्थ्य सेवा नियमित र प्रभावकारी बन्दै गएको श्रेष्ठले बताए । उनका अनुसार बिरामी पूर्णरूपमा निको भएको र यस्तो सेवा आफ्नै घरदैलोमा पाउँदा बिरामी पनि खुशी भएका छन् । 

स्वास्थ्यका विभिन्न समस्या भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेट्दै गएको स्वास्थ्यचौकीका इन्चार्ज श्रेष्ठले बताए । यो सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै गएको उनले बताए । 

प्रविधिको प्रयोगले विशेषज्ञ सेवा दूरदराजका बस्तीमा पुग्नुले प्रविधिको सही प्रयोग भएको आभास भएको इन्चार्ज श्रेष्ठले बताए । फागुनको पहिलो हप्ताबाट स्वास्थ्यचौकीमा आफ्नै पहलमा ल्याव सेवासमेत प्रदान गरिने उनको भनाइ छ । 

एएसके फाउण्डेशनले नेपालका विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन गरेको फाउण्डेशनका मेडिकल कोडिनेटर डा सरोज केसीले बताए ।  

आर्थिक स्थिति कमजोर भएर चिकित्सकको सेवाबाट वञ्चित भएकालाई चिकित्सकीय सेवा प्रदान गर्ने, सिफारिस गर्नुपर्ने भए पनि ठिक ठाउँमा सिफारिस गरेर  बिरामीहरु अन्यत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने डा केसीको भनाइ रहेको छ । 

फाउण्डेशनले कालिकोटबाट शुरु गरेको यो सेवा हाल नेपालका सात स्थानमा सञ्चालन गरेको छ । विगत १० वर्षदेखि यस्तो सेवा प्रदान गरेकोसमेत डा केसीले बताए । 

नियमित चिकित्सक, इन्टरनेटको सही उपयोग र औषधिले यो कार्यक्रम प्रभावकारी हुँदै गएको उनको भनाइ छ ।

यसैगरी ऐरावती गाउँपालिकाले पनि आम नागरिक स्वास्थ्य उपचारबाट वञ्चित हुन नपरोस् भनेर नियमितरूपमा औषधि उपलब्ध गराउँदै आएको छ ।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar११४.७२११५.३२
European Euro१२४.२६१२४.९१
UK Pound Sterling१४८.७४१४९.५२
Swiss Franc११७.२२११७.८३
Australian Dollar७५.६६७६.०५
Canadian Dollar८६.२७८६.७२
Singapore Dollar८१.९५८२.३८