आईपीओ स्वीकृतिमा ढिलाई, बोर्डमा रू. ७ अर्बको आईपीओ पाइपलाइनमा

४ बर्ष अगाडि

काठमाडौं – नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्काशनको स्वीकृतिका लागि आवदेन दिने कम्पनीको संख्या बढ्दै गएको छ । तर, बोर्डले त्यसको स्वीकृतिमा भने ढिलाई गर्दै आएको छ । फलस्वरुप चालु आर्थिक बर्षको आईपीओ निष्काशन ९७ प्रतिशतले घटेको छ ।
गत आवको पहिलो ६ महिनामा ११ कम्पनीले आईपीओ निष्काशन गरेका थिए । तर यो आवको ६ महिनामा १ कम्पनीको मात्रा आईपीओ निकाष्शन गरेको छ । २०७४ सालदेखिका आवेदन माथि बोर्डले अझै निर्णय गर्न सकेको छैन ।
गत मंसिर सम्म १४ कम्पनीको ४ करोड ४० लाख ६५ हजार ५९६ कित्ता शेयर अर्थात् रू. ४ अर्ब ४० करोड ६५ लाख ५९ हजार बराबरबको आईपीओ बोर्डमा स्वीकृतिका लागि पाइपलाइनमा रहेका थिए । माघ अन्तिमसम्म आईपीओ निष्काशनको लागि आवेदन दिनेमा ४ कम्पनी थपिएका छन् । तर, आईपीओ स्वीकृती गर्ने काम भएको देखिदैन । 
बोर्डको तथ्यांकअनुसार हाल १८ कम्पनीको ६ करोड ९३ लाख २० हजार ५९६ कित्ता शेयर अर्थात् रू. ६ अर्ब ९३ करोड २० लाख ५९ हजार आईपीओ पाइपलाइनमा छन् । मुग्लीङ खोला जलविद्युत कम्पनीले गत २०७४ असोज २० गते नै आईपीओ लागि आवेदन दिएको थियो । तर, अझै पनि उक्त कम्पनीको आईपीओ स्वीकृत हुन सकेको छैन ।
प्राइपलाइनमा रहेका मध्ये ११ ओटा जलविद्युत कम्पनी, २ बीमा कम्पनी, एक मर्चेन्ट बैंक, १ माइक्रोफाइनान्स कम्पनी र ३ वटा अन्य क्षेत्रका कम्पनी रहेका छन् । ती मध्ये सबैभन्दा बढी आईपीओ नेपाल पुनर्बीमा कम्पनीको रहेको छ । नेपाल पुनर्बीमा कम्पनीको रू. १ करोड ६० कित्ता अर्थात रू. १ अर्ब ६० करोड बराबरको आईपीईओ पाइप लाइनमा रहेका छ । त्यसपछि मध्ये भोटेकोशी जलविद्युत कम्पनीको रू. १ अर्ब ५० करोड बराबरको आईपीओ पाइप लाइनमा छ । हिमालयन हाइड्रो पावर र विद्याबासीनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले हालै आईपीओ निष्काशनका लागि आवेदन दिएका हुन् । 
चालु आवमा केही महिना बोर्डका अध्यक्ष पद रिक्त थियो । त्यस कारण पनि आईपीओ स्वीकृतीमा ढिलाई भएको बताइएको छ । अहिले नेपाल बोर्डमा नयाँ अध्यक्ष नियुक्त भएर आईसकेको हुनाले अब
 

कुन कम्पनीको कति आईपीओ, हेर्नहोस्

४ बर्ष अगाडि

प्रतिक्रिया