प्रदेश २ का संसद र कर्मचारीका लागि डेढ करोडका ल्यापटप

४ बर्ष अगाडि

२ नम्बर प्रदेशले सांसद र कर्मचारीका लागि डेढ करोडका ल्यापटप खरिद गरेका छन् । 

प्रदेशसभालाई पेपरलेस बनाउन भन्दै १ सय ७ सांसद र  केही कर्मचारीहरूका लागि ११८ वटा ल्यापटप खरिद गरिएको हो । 

प्रदेशसभा सचिवालयले एक लाख ३४ हजार ७४५ रुपैयाँका दरले डेल कम्पनीको ३३९० मोडेलको ‘टू इन वन, स्क्रिन टच’ ल्यापटप एक करोड ५९ लाखमा किनेको हो । 

गत आर्थिक वर्षमै टेण्डर आह्वान गरेपनि खरिद गर्द नसकेको संसद सचिवालयले यो वर्ष काठमाडौंको म्याक्स इन्टरनेसनल प्रालिबाट ल्यापटससँगै एकथान सर्भर पनि खरिद गरेको हो । 

संसद् सचिवालयका आइटी विभाग प्रमुख धवेन्द्र कर्णका अनुसार खरिद गरिएका ल्यापटपमा सप्ट्वेयर राख्ने काम भइरहेको छ । 

ल्यापटप चलाउन सिक्न चाहने साँसदहरुलाई तालिमको पनि व्यवस्था गरिने उनले बताए । 

ल्यापटप दिएपछि कागजको खर्च घट्ने र प्रविधिमैत्री हुने सचिवालयको भनाई छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया