एक सातामा दोहोरो अंकले बढ्यो नेप्से, ६ अर्ब बराबरको कारोबार

४ बर्ष अगाडि

एक साताको अवधीमा नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । साताको पहिलो दिन १३३३.६९ को बिन्दुबाट सुरु भएको कारोबार बिहिबार सम्म आउदाँ १०.९ अंकले बढे्र १३४४.५९ को बिन्दुमा कारोबार बन्द भएको हो ।

नेप्सेका अनुसार गत साताको तुलानामा यस साता २।५९ अंकले परिसूचकमा बृद्धि आएको छ । गत साता नेप्से परिसूचक ८.३१ अंकले उकालो लागेको थियो ।

परिसूचक बढे पनि यस साता अघिल्लो साताको तुलानामा कारोबार रकममा भने गिरावट आएको छ । 

अघिल्लो साता ८ अर्ब ५४ करोडको कारोबार भएकोमा यस साता भने १ करोड ६६ लाख कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ७० करोड बराबरको मात्रै कारोबार भएको छ । 

यस साता औसतमा १८१ कम्पनीले प्रत्यक दिन १ अर्ब ३१ करोड बराबरको कारोबार गरेको नेप्सले जनाएको छ । 

साताको ३ दिन नेप्से परिसूचक उकालो लागेको थियो भने २ दिन ओरालो लागेको थियो । साताको पहिलो दिन नेप्से परिसूचक १३.७ अंकले ओरालो लाग्दा ९५ करोड बराबरको कारोबार भएको थियो ।

त्यस्तै, दोस्रो दिन परिसूचक ४ अंकले उकालो लाग्दा ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । तेस्रो दिन १७ अंकले उकालो लाग्दा १ अर्ब ५३ करोड र चौथो दिन ४.५९ अंकले उकालो लाग्दा १ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, कारोबारको अन्तिम दिन नेप्से परिसूचक १.३८ अंकले ओरालो लाग्दा साताकै सबै भन्दा धेरै १ अर्ब ७७ करोड बराबरको कारोबार भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया