महाशिवरात्रि विशेष तरीकाले मनाउने

४ बर्ष अगाडि

यो बर्षको महाशिवरात्रि पर्व विशेष ढंगले मनाइने भएको छ । नेपाल भ्रमण बर्ष २०२० परेकोले सरकारले महाशिवरात्रि पर्व बिशेष रुपमा मनाउन लागेको हो । 
त्यसका लागि पशुपति क्षेत्र विकास कोषको अनुरोधमा विभिन्न संगठनले पशुपति क्षेत्र सफा गर्न थालेका छन्।

पशुपतिको कैलाशदण्ड क्षेत्र सफा गरिएको छ।

यस वर्ष महाशिवरात्रि मनाउन संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ।

महाशिवरात्रि अघि पशुपतिको वरपरका क्षेत्रमा हरेक दिन सफा अभियान सञ्चालन भइरहेको ट्रस्टका सदस्य सचिव आशा पाण्डेले बताइन।

 शिवरात्रिका अवसरमा लाखौं आन्तरिक र विदेशी पर्यटक पशुपतिनाथ आउँछन्।

भ्रमण बर्ष २०२० को अवसरमा विदेशमा प्रचार जारी रहेकाले पशुपति क्षेत्र सफा राख्न मन्त्रालयले विशेष निर्देशन दिएको छ।

महाशिवरात्रि यस वर्ष  फागुन ९ मा पर्दछ।

४ बर्ष अगाडि

प्रतिक्रिया