नेपाल फर्किन पाएनन् ६ जना नेपाली विद्यार्थी, विमानस्थलबाटै फर्किन बाध्य

४ बर्ष अगाडि

काठमाडौं – अन्ततः सरकारले चिनको वुहानबाट नेपाली विद्यार्थीलाई स्वेदश फिर्ता ल्याएको छ । सरकारले गए राति नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान जहाज चार्टर गरेर चीनबाट १७५ जना नेपाली विद्यार्थीलाई स्वदेश ल्याएको हो । आइतबार बिहान ४ बजेतिर नेपाली विद्यार्थीहरु बोकेर उक्त जहाज त्रिभुवन अन्तरारष्ट्रिय विमान स्थलमा अवतरण गरेको थियो । 
वुहान शहर अहिले कोरोना भाइरसले त्रसित छ । त्यसपछि त्यहाँ अध्ययनतर नेपाली विद्यार्थीले स्वेदश फिर्ता पटक पटक पहल गर्दै आएका थिए । त्यसपछि सरकारले ढिलै भएपनि उनीहरुलाई उद्धार गरेको हो । हाल उनीहरुलाई उपचारको लागि भक्तपुरको खरिपाटीमा विशेष व्यवस्था सहित राखिएको छ । 
चीनका बिभिन्न शहरका १८५ जना विद्यार्थीले नेपाल लैजान निवेदन दिएका थिए । तर, १७५ जना मात्र नेपाल आउन सफल भएका छन् । लामो समयसम्म कोठामा नै थुनिएर बस्न बाध्य नेपाली विद्यार्थीलाई अहिले राहत महशुस पनि भएको छ । 
बिमान स्थलमा उनीहरुको स्वास्थ्य जाँच गरिएको थियो । त्यो शिलशिलामा ६ जना नेपाली बिमानस्थलमै रोकिएका छन् । त्यसैले उनीहरू नेपाल आउन सकेनन् । चीनको नेपाली दुतवासले मेडिकल रिजन उल्लेख गर्दै विज्ञप्ती मार्फत यस्तो जानकारी दिएको हो । उनीहरुमा ज्वरो देखिएको छ भने संक्रमण आशंका पनि गरिएको छ । यसरी ६ जना नेपाली विद्यार्थी चाहँदै चाहदैं पनि नेपाल आउन सकेनन् । थप ४ जना नेपाली भने स्वइच्छाले चीनमा नै बसेको दुतावासको भनाइ छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया