नेपाल सेवाको नाफा १ सय ६७ प्रतिशतले बढ्यो, अन्य सुचकमा पनि बृद्धि

४ बर्ष अगाडि

नेपाल सेवा लघुवित्तले  चालु आवको दोस्रो त्रैमासमा सय ६७ प्रतिशतले खुद नाफा बढाएको छ । 

कम्पनीले आज प्रकाशित गरेको वित्तिय विवरणमा लघुवित्तको उक्त नाफा उल्लेख  गरीएको छ । 

गत आवको यसै  अवधीमा कम्पनीले ६ लाख ८५ हजार बराबरको खुद नाफा आर्जन गरेको थियो भने हालको समीक्षा अवधीमा ११ लाख  १४ हजारले बढाएर १८ लाख ३४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

त्यस्तै, यस अवधीमा कम्पनीको खुद ब्याज आम्दानी पनि १३१ प्रतिशतले बढे्को छ  । कम्पनीले गत आवको तुलानामा ७८७ लाख रुपैयाँले बढाएर १ करोड ३६ लाख खुद ब्याज आम्दानी गरेको छ । 

त्यस्तै, समीक्षा अवधीमा कम्पनीको सञ्चालन नाफन पनि ८६ हजारले बढे्र १२ लाख ५८ हजार पुगेको छ । 

कम्पनीले यस अवधीमा ९ करोड ३५ हजार निक्षेप संकलन गरेकोमा ५३ करोड ८३ लाख बराबरको कर्जा प्रवाह गरेको छ । 

हाल ६ करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४ करोड ९३ लाख रुपैयाँ सञ्चित  छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया