कारोबारको तेस्रो घण्टा दोहोरो अकंले बढ्यो नेप्से

४ बर्ष अगाडि

आज नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचक कारोबारको तेस्रो घण्टामा ११.५५ अंकले उकालो  लागेको छ ।

कारोबार सुरु भएसगैँ उकालो  यात्रा तय गरेको नेप्से परीसूचक तेस्रोे घण्टाको अन्तिमसमय सम्म आउदाँ ११ अंकले उकालो  लागेको हो ।

आज १३४४.७३  को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधीमा १३५६.१४  को बिन्दुमा बढेको छ ।

 आज ११ बजे  १३४४.७३  को विन्दुबाट शेयर कारोबार सुरु भएको थियो भने २ बजेसम्म आउँदा त्यो परिसुचक ०.८६  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज अहिलो सम्म कारोबारमा आएका १२ उपसमूह मध्य १० उपसमुह बढेका छन् ।

अहिले कारोबार भईरहेका १७४  कम्पनीको २५ लाख ७२  हजार कित्ता शेयर खरिद विक्री हुदाँ १ अर्ब २७  करोड   रुपैयाँ बराबरको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया