पहिलो कारोबार: दाहोरो अकंले बढ्यो नेप्से,२ अर्बको हाराहारीमा कारोबार

४ बर्ष अगाडि

साताको पहिलो कारोबारको दिन  आज नेप्से परिसुचक दोहोरो अकंले उकालो लागेको छ ।

कारोबारको सुरुवात बाटै उकालो यात्रातय  गरेको  नेप्से अन्तिम समय सम्म आइपुग्दा १८.१९ अंकले उकालो लागेको हो । 

आज  १३४४.७३ को बिन्दुबाट कारोबार सुरु भएको थियो भने ३ बजे सम्म आउदाँ १३६२.७९ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

आज सेन्सेटीभ सूचक पनि १.२७ अंकले उकालो लागेको छ । 

आज कारोबारका लागी आएका १२ मध्य ९ उपसूचक बढे्का छन् ।

त्यस्तै, आज कारोबारका लागी आएका १७६ कम्पनीको ४० लाख ३७  हजार कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ९५  करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया