बाँकी रहेको बजेट बाँडफाँट फागुन मसान्तभित्र

४ बर्ष अगाडि

सरकारले बाँकी रहेको बजेट बाँडफाँट यही फागुन मसान्तभित्र गरिसक्ने भएको छ । 

अर्थ मन्त्रालयले आयोजना तथा कार्यक्रमको हाल सम्मपनको कार्यको सिर्जित दायित्वको भुक्तानीलाई प्राथमिकता दिई बजेट व्यवस्थापन गर्न फागुन मसान्तसम्म बाँकी रहेको बजेट बाँडफाँट गर्ने जनाएको हो ।  

आयोजना कार्यान्वयन र स्रोत व्यवस्थापनमा सुधार गर्नका लागि फागुन मसान्तलाई अन्तिम विन्दु मानेर अन्य योजना समेत ल्याएको छ । मन्त्रालयका अनुसार विनियोजित बजेट कार्यान्वयन गर्न कार्यक्रम संशोधन, रकमान्तर, बजेट बाँडफाँट, कार्यविधि स्वीकृति जस्ता कार्यहरूको निर्णय पनि फागुन  मसान्तभित्र गर्ने जनाइएको छ । 

त्यस्तै स्वीकृत कार्यक्रम तथा खरीद योजना बमोजिम सबै प्रक्रिया पूरा गरी बाँकी रहेका ठेक्‍‌का सम्झौता सम्पन्‍‌न गरी कार्यादेश दिने, केही निकायहरूमा नेपाल सरकारको राजस्व वा विनियोजनबाट खडा भएका कोषहरूमा रहेको रकम फागुन मसान्तभित्र राजस्वमा दाखिला गर्ने समय पनि फागुन मसान्त तोकिएको छ । 

मन्त्रालयले हालसम्म दातृ निकायहरूबाट सोधभर्ना लिन बाँकी रकम रू. ३० अर्ब २६ करोड ४१ लाख  फागुन मसान्तभित्र सोधभर्ना लिन महालेखा नियन्त्रक कार्यलय र सम्बन्धित मन्त्रालयले जिम्मेवारी लिने पनि जनाएको छ । 

फागुन मसान्तसम्म काम शुरु नभएका कार्यक्रमहरूमा विनियोजित बजेटमध्ये खर्च हुन नसक्ने कार्यक्रमको बजेट चैत ज्ञछ गतेभित्र अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएकाे छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया