स्वस्तिक लघुवित्तको नाफा घट्यो

४ बर्ष अगाडि

स्वस्तिक लघुवित्त वित्तिय संस्थाले चालु आवको वित्तिय विवरण सार्वजनिक गरेको छ ।  

उक्त्त विवरण अनुसार संस्थाले अघिल्लो त्रैमासको तुलानामा ३ लाख रुपैयाँले नाफा घटाएको छ ।
चालु आवको पहिलो त्रैमासमा रु. १५ लाख ९१ हजार खुद नाफा कमाएको कम्पनीले दोस्रो त्रैमासमा भने रु. १२ लाख ६९ हजार मात्र आर्जन गरेको छ । 

त्यस्तै , गत त्रैमासको तुलनामा कम्पनीको निक्षेप संकलनमा बृद्धि भएको छ । संस्थाले पहिलो त्रैमासमा रु.८४ लाख ८८ हजार निक्षेप संकलन गरेको थियो । समिक्षा अवधि सम्म आइपुग्दा निक्षेप संकलन रु. १ करोड ७६ लाख ३९ हजार रुपैया पुगेको छ । 

साथै , कम्पनीले दोस्रो त्रैमासमा रु.२२ लाख ७ हजार खुद ब्याज आम्दानी  गरेको छ । जुन  गत  त्रैमासको तुलनामा रु १६ लाख ६० हजारले बढी हो । गत त्रैमासमा रु. ५ लाख ३७ हजार कम्पनीको खुद ब्याज आम्दानी  रहेको थियो ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया