कोरोनाको त्रासमा विश्वका २७ देश, कुन देशमा कति पुगे संक्रमित ?

४ बर्ष अगाडि

कोरोना भाइरस संक्रमण अहिले सम्ममा विश्वको २७ देशमा देखा परिसकेको छ । विश्व स्वास्थ्य संगठनले तयार पारेको प्रतिवेदनमा विश्वका २७ देश भाइरसबाट प्रभावित भएको उल्लेख गरिएको छ ।

चीनको हुवान प्रान्तबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले अहिले सम्म चीनमा १६ सय ६५ मानिसको मृत्यु भइसकेको छ भने ६८ हजार ५०० चीनियाँमा यो भाइरसको संक्रमण देखीएको छ । 

त्यस्तै, चीन बाहेकका विश्वको २६ देशका ६८१ मानिसमा कोरोना भाइरसको संक्रमण देखीएको छ भने ३ जनाको मृृत्यु पनि भइसकेको छ । 

कुन देशमा कति संक्रमित 

कोरोना भाइरस संक्रमणका विरामी चीन पछि सबै भन्दा धेरै सिंगापुरमा रहेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार अहिले सम्ममा सिंगापुरका ७२ मानिसमा यो भाइरसको संक्रमण देखीएको छ । 

त्यस्तै, जापानमा अहिले सम्ममा ४१ मानिसमा यस भाइरसको संक्रमण देखीएको छ । बोर्डका माध्यमबाट जापान आएका ३५५ मानिसमा पनि भाइरसको संक्रमण देखीएपनि  जापानले बोर्डका मानिसलाई राष्ट्रिय ट्यालीमा समावेश नगर्ने भएकाले हाल सम्म देशमा ४१ मानिसमा मात्र यसको संक्रमण रहेको अन्तराष्ट्रीय समाचार माध्यमहरुले बताएका छन् ।

त्यस्तै, जापानमा पहिलो पटक कोरोना भाइरसको संक्रमणका कारण एक मानिसको मृत्यु भएको छ । त्यस्तै, अस्ट्रेलीयामा १५ मानिसमा भाइरसको संक्रमण देखीएको थियो भने ती मध्यका तीन जना डिस्चार्ज भइसकेका छन् ।

बेल्जियममा एक जना मानिसमा भाइरसको प्रकोप देखएिको छ भने क्यानाडामा ७ मानिसमा  यसको संक्रमण देखीएको छ । त्यस्तै, इजिप्टमा १ जना, फिनल्याण्डमा १ जना र फ्रान्समा ११ जनामा यस भाइरसको संक्रमण देखीएको छ । त्यस्तै, युरोपमै पहिलो पटक फ्रान्समा एक मानिसको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । 

त्यस्तै, जर्मनीमा १६ जना, भारतमा ३ जना, इटालीमा ३, नेपालमा १, त्यस्तै फिलिपिन्समा ३ जनामा संक्रमण देखिदाँ १ जनाको मृत्यु भएको छ । उता, रुसमा ३, मलेशियामा २२ दक्षिण कोरियामा २८, भने स्पेनका २ जनामा कोरोनाको संक्रमण देखिएको छ । 

त्यस्तै, श्रीलंकामा १, स्वीडेनमा १, ताइवानमा १८ र थाईलैंडमा ३४ मानिसमा यस भाइरसको संक्रमण देखिएको छ ।

उता,  संयुक्त अरब इमिरेट्समा ८, बेलायतमा ९, संयुक्त राज्य अमेरिकामा १५ र भियतनाममा १६ मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 


 

४ बर्ष अगाडि

प्रतिक्रिया