क्रसरका कारण बीपी राजमार्ग जोखिममा

४ बर्ष अगाडि

काभ्रे । क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । मापदण्डविपरीत सञ्चालित त्यस क्षेत्रका क्रसर उद्योगका कारण सडक असुरक्षित बन्दै गएको हो । बनेपा–नेपालथोक–सिन्धुली–बर्दिबास जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको बीपी राजमार्गमा क्रसरका कारण हिउँदमा सुक्खा पहिरो तथा वर्षायाममा धुलो सडकमा आउँदा सडक अवरुद्ध हुने गरेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका, रोसी गाउँपालिका क्षेत्रमा बढी क्रसरका कारण जोखिम बढेको स्थानीयको भनाइ छ । सडकभन्दा माथि सञ्चालित उद्योगले सडकमा बढी जोखिम भएको उनीहरूले बताए । यसै क्रममा रोशी गाउँपालिका–८, डिप्सामा रहेको नाङ्साल क्रसर उद्योगले बीपी राजमार्गभन्दा माथि ढुङ्गा निकाल्दा पहिरो आएपछि अर्को वैकल्पिक मार्ग रोशी खोलाको किनाराबाट सञ्चालनमा ल्याएको छ । माघ ११ देखि सडकलाई डाइभर्सन गरिएको छ । माथिबाट ढुङ्गा खस्न थालेपछि उक्त डाइभर्सन बनाइएको हो । माघ २६ गते राति पनि सुक्खा पहिरो झरेको स्थानीयले बताए । गोरखापत्रमा खबर छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया