सुनको मूल्य स्थिर, चाँदीको वृद्धि

४ बर्ष अगाडि

काठमाडौं – नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।

आइतबार तोलामा ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजावी ७६ हजार २०० रुपैयाँमा कारोबार भएको छ । 

सोमबार चाँदीको मूल्य भने सामान्य बढेको छ । आइतबार तोलामा ८८५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार ८९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

४ बर्ष अगाडि

प्रतिक्रिया