ललितपुरस्थित श्री नारायण आधारभुत विद्ययालयमा सामाजिक विषयका शिक्षकलाई बालिकाहरु माथि दुर्व्यवहार गरेको आरोप लागेको छ ।
विद्यालयमा सामाजिक विषय पढाउने नन्दप्रसाद निरौलाले आफुहरु माथि दूव्र्यवहार गरेको भन्दै बालिकाहरुले प्रधानाध्यापकलाई निवेदन लेखे पछि उक्त कुरा खुलेको हो ।
उक्त विद्यालयमा कक्षा ३, ४ र ५ मा अध्यानरत १९ छात्राहरुले प्रधानाध्यापक सबिता सिलवाललाई समक्ष निवेदन लेखी छानबीनको माग गरेका छन् ।
उक्त निवेदनमा निरौलाले आफूहरुको संवेदनशील अंकहरु छुने र अन्य अश्लील व्यावहार गर्ने गरेको बालिकाहरुले उल्लेख गरेका छन् ।
यो समाचार द हिमालयन टाइम्सबाट लिइएको हो ।
प्रतिक्रिया