प्रधानमन्त्रीले भने –दार्चुलाका दुई वटा तुइन देखाएर सरकारको हुर्मत लिइएको छ

४ बर्ष अगाडि

काठमाडौँ – काठमाडौँ उपत्यकालाई ताररहित बनाउने महत्वाकाँक्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गरे ।

पहिलो चरणका काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिदै लैजाने सरकारको योजना छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको ताररहित बनाउने कार्यक्रमको शिलान्याश पछि आयोजित सभालाई प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय शुरु भएको बताए ।

उनले  विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि शहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे ।

उनले  यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भन्ने यो योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब शहर कुरुप हुँदैन, चिटिक्कको शहर बन्छ । पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ ।”

विद्युत्, टेलिफोनलगायतका तार भूमिगत गर्ने काम काठमाडौँको महाराजगञ्जबाट शुरु भएपनि यसलाई देशका प्रमुख शहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ छ ।

सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उहाँले केही मान्छेलाई भने पीर परेको बताए ।  उनले भने  “सरकारले धेरै राम्रा काम गरिरहे पनि समाचार भने मैले बाँसुरी बजाएको मात्र आउने गरेको छ । सरकारले विकास र सुशासनको काम अघि बढाउँदा केही केहीलाई किन पिर परेको हो ?”

उनले  विकास सबैको साझा नारा र कर्तव्य भएको स्पष्ट पार्दै त्यसलाई मजाक नठान्न समेत आग्रह गर्नुभयो । प्रधानमन्त्रीले देशभर नै तुइन विस्थापनको काम अगाडि बढेको भएपनि एकाध स्थानमा रहेको तुइन देखाएर सरकारको आलोचना गर्ने गरिएको बताए ।  

उनले दार्चुलामा मात्र दुई वटा तुइन बाँकी रहेको भन्दै त्यसैलाई देखाएर आलोचना गर्नुको कुनै अर्थ नहुने स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपनि दैनिक छ किलोमिटरको दरले सडक कालोपत्र भएको र दुई वर्षको अवधिमा करिब तीन हजार किलोमिटर सडक कालोपत्रे भएको तथ्यांक पेश गरे ।  ।

प्रधानमन्त्रीले आगामी दुई वर्षभित्र देशका सबै स्थानमा विद्युत् सेवा पु¥याउन सरकार लागिपरेको र सोही अवधिमा नेपालले विद्युत् निर्यात समेत गर्ने जानकारी दिए ।  एक वर्ष बढीको अवधिमा नेपालको कूल  विद्युत् उत्पादन  ५०० मेगावाट मात्रै रहेकोमा पछिल्ला वर्षमा ५०० मेगावाट थपिएको र केही समय भित्रै ठूलो मात्रामा विद्युत् उत्पादन हुने अवस्थाको सिर्जना गरिएको बताए ।  

उनले विद्युत् खपत पनि बढाउँदै लैजाने पनि उल्लेख गर्नुभयो । विद्युत् खपतको मात्रामा बढोत्तरी हुँदै गएको भन्दै प्रधानमन्त्रीले त्यसमा थप वृद्धि हुने विश्वास समेत व्यक्त गरे । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया