एमसिसीको बारेमा के भने प्रधानमन्त्रीले ?

४ बर्ष अगाडि

काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेनियम च्यायालेन्ज कर्पोरेशन (एमसिसी)को विषयमा पुनः मुख खोलेका छन् । उनले सोमबार काठमाडौँको विद्युत् तार भूमिगत गर्ने कार्यक्रममा एमसिसी नेपालको लागि महत्वपूर्ण परियोजना भएको बताए ।

उनले एमसिसीको सहयोगमा निर्माण हुने ४०० केभी क्षमताको प्रसारण लाइनका कारण नेपालको ऊर्जा निर्यातका लागि मार्ग प्रशस्त हुने विश्वास व्यक्त गरे ।

पछिल्लो दिनमा एमसिसी नेपालको बारेमा आफ्नै पार्टी भित्र चर्को विवाद उत्पन्न भएपनि पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा प्रमुख आलोचक भीमबहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्रीले एमसिसीले निर्माण गर्ने प्रसारण लाइन नेपालको हितमा रहेको समेत बताए । उनले सो आयोजनाबाट नेपालले विद्युत् निर्यातका लागि मार्ग प्रशस्त गर्ने उल्लेख गरे ।

त्यसो त शनिबार सरकारको दुई वर्ष पुगेको अवसरमा शनिबार संघीय संसदलाई सम्बोधन गर्दै सभामुखले कार्यसूचीमा राखेर सदनमा पेश गर्ने बित्तिकै एमसिसी पारित हुने बताएका थिए । उनले एमसिसीको विषयमा दलहरुभित्र छलफल र विवाद भएपनि त्यसले कुनै प्रभाव नपार्ने बताएका थिए ।

सोमबारको कार्यक्रममा समेत प्रधानमन्त्रीले एमसिसीको बारेमा चर्चा गर्दै त्यसले सार्थक परिणाम दिने स्पष्ट पारे । उनले सरकारको विकास निर्माणको कामबाट केही केही शक्ति अत्तालिएको समेत चर्चा गरे । उनले दार्चुलाको एकाध तुइन देखाएर सरकारको हुर्मत लिन खोजिएको भन्दै आपत्ति जनाए ।

उनले सरकार सफलताको दिशामा समेत अगाडि बढेको दावी गरे । 

४ बर्ष अगाडि

प्रतिक्रिया