९ करोड लगानीमा पश्चिम नेपालकै ठूलो डेरी खुल्यो

४ बर्ष अगाडि

बाँकेको नेपालगञ्जमा नौ करोड रुपैयाँको लगानीमा डेरी उद्योग शुरु भएको छ ।

नेपालगञ्ज–२२, पुरैनीका सरोज पाण्डेले सोमबारदेखि ‘एसके डेरी इण्डस्ट्रिज प्रालि’ सञ्चालन गरेका हुन् । 

सो डेरी उद्योग पश्चिम नेपालमै सबैभन्दा बढी लगानी भएको डेरी रहेको उनको दाबी छ ।  

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सोमबार सो उद्योगको उदघाटन गरे ।  

साढे पाँच कठ्ठा जग्गामा स्थापना भएको सो डेरी उद्योगबाट दैनिक १५ हजार लिटर दूध प्रशोधन गरेर बिक्री वितरण गरिने उद्योगका संचालक पाण्डेको भनाई छ । 

एसके डेरी उद्योगले रोयल च्वाइस ब्राण्डमा दूध, पनिर, बटर, दही, घिउ, चिज र आइसक्रिम उत्पादन गर्दै आएको छ । 

उक्त उद्योगबाट उत्पादिन दूधका परिकार प्रदेश ५ र ६ मा पु¥याएर भारतबाट आयातित वस्तु प्रतिस्थापन गर्ने उनको दावी छ । 

त्यहाँ अहिले  भारतबाट आउने दुग्ध पदार्थ बिक्री भइरहेको छ । 

उद्योगको उदघाटन गर्दै मूख्यमन्त्री पोखरेलले कृषि उत्पादनलाई बढाएर किसानहरुको जिवनस्तर उकास्न सरकारले किसानलाई धेरै अनुदान दिएको बताए । 

उनले प्रदेश ५ लाई कृषि, पर्यटन र उद्योगको हब बनाउन धेरै कार्यक्रम र योजनाहरु सञ्चालनमा ल्याएको पनि बताए । 

सानो समयमै प्रदेशले आर्थिक विकासमा ठुलो फड्को मारेको जनाउँदै देशकै समग्र आर्थिक बृद्धिदर भन्दा प्रदेशको आर्थिक बृद्धिदर बढी भएको उनको दाबी छ । 

प्रदेश पाँचमा बाँके र बर्दियालाई औद्योगिक हब र कृषि उत्पादनको पकेट क्षेत्र बनाउन खोजेको उनको भनाई छ ।  

सो उद्योगले बर्दियास्थित भगवती डेरीसंग सहकार्य गरेर दुग्ध पदार्थ संकलन र बिक्री वितरण गर्ने जनाईएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया