देशस्तरमा फर्म दर्ता विधेयकमा छलफल

४ बर्ष अगाडि

प्रदेशसभाको आज बसेको बैठकमा ‘प्रदेशस्तरमा फर्म दर्ता, नवीकरण तथा तत्सम्बन्धी अन्य व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलले निरन्तरता पाएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिमको सो विधेयकको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य जयराम यादवले विधेयक प्रदेश सरकारका लागि निकै उपयोगी भए पनि यसमा केही त्रुटि देखिएकाले सच्याउनुपर्ने माग गरे ।

सदस्य विन्दिया कार्कीले विधेयक मानव वस्ती तथा वातावरणमा कुनै असर नगर्ने फर्म वा कम्पनीलाई मात्र ग्राह्यता दिने किसिमको हुनुपर्नेमा जोड दिए । अर्का सदस्य विमल कार्कीले व्यवसायलाई नियमन गर्न बनेको यो विधेयकमा तोकिएबमोजिमको हुने भनिएका कुराहरु विधेयकमै समेट्नुपर्ने सुझाव दिए। 

वन विधेयक सदनमा पेश 

आजको बैठकमा ‘प्रदेश वनको व्यवस्था गर्न बनेको विधेयक’ पेश भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजयकुमार विश्वासले प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम सो प्रस्ताव सदनमा पेश गरेका थिए । सभाको अर्को बैठक भोलि फागुन ६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रदेश नामकरण  माग

प्रदेशसभा सदस्य लीला सुब्बाले धनकुटामा मेडिकल कलेज खोल्नका लागि सरकारले केही रकम बजेट विनियोजन गरे पनि सो काम अगाडि नबढेकामा सरकारको ध्यानाकर्षण गराउँदै प्रदेश लोकसेवा आयोगको कार्यालय धनकुटामा स्थापना गर्न माग गरे । सदस्य वीणादेवी राईले सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा धान खेती गर्ने प्रशस्त जग्गा भए पनि इँटाभट्टाका लागि माटो खन्ने काम तीव्रगतिमा भइरहेकाले जमीनको उर्वराशक्ति कम हुने भएको सो कार्य रोक्न सरकारसँग माग गरे ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया