उपभोक्ता ठग्नेहरुलाई १ करोड ७ लाख जरिवाना

४ बर्ष अगाडि

कालोबजारी र अखाद्य वस्तु बेचेर उपभोक्ता ठग्नेहरुले ८ महिनामा १ करोड ७ लाख ८२ हजार रुपैयाँ जरिवाना तिरेका छन् । 

बाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुमगनको क्रममा उपत्याकाभित्र ६५ लाख २७ हजार तथा उपत्याकाबाहिर ४२ लाख ५५ हजार रुपैयाँ गरि सो  जरिवाना गराएको हो । 

यो अवधिमा ३ सय ५३  अनुगमन टोली परिचालन गरेर ११ सय ६४ वटा र्फम अनुगमन गरिएको विभागका महानिर्देशक  नेत्रप्रसाद सुवेदीले बताए ।  

अनुगमनमा अखाद्य भेटिएका विस्कुट, चकलेट जस्ता एक करोड ५३ लाख ६६ हजार ९८८ रुपैयाँको वस्तु नष्ट गरिएको पनि विभागले जनाएको छ ।

अनुगमनमा कैफियात देखिएको दुई र्फमविरुद्ध मुद्धा दायर गरिएको तथा उपत्याका भित्रका १८ वटाको नमूना संकलन गरेर परिक्षणको क्रममा रहेको विभागले जनाएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया